
Manga
Hei no Naka no Biyoushitsu
Manga
कारागार भित्र को ब्यूटी सैलुन
70जापानी कमिक्स पढ्ने नेपाली माझ नेपाली भाषाको प्रवद्र्धन गर्न म यो समिक्षा नेपालीमा लेख्दैछु।
~~
यस कमिक को असल नाम हो "Hei no Naka no Biyoushitsu", जस्को अर्थ हो "पर्खाल भित्र को ब्यूटी सैलुन"।
यो कमिक एक खण्ड को मात्र हो जसमा ४ ओटा अध्याय सँगै एउटा उपसंहार पनि दिएको छ। यस कमिक को मुख्य कथा महिलाहरुको कारागार मा स्थित एक ब्यूटी सैलुनमा काम गरी रहेकी एक हेयरड्रेसर को बारेमा हो। यस सैलुन सार्वजनिक हुन को कारणले यसमा जो कोई पनि गएर आफ्नो कपाल कटाउन सक्छ। तर कारागारमा स्थित हुनुको कारणले यस सैलुनमा महिलाहरु मात्र जान सक्छन्। कुनै पनि पुरुष भित्र जाने अनुमति छैन।
यस कथामा हामीले सैलुनमा काम गरी रहेकी हेयरड्रेसर — कोमात्सुबारा हारु, त्यहाँ को वार्डेन सुगाई र त्यहाँ आउने ग्राहकहरु को बारेमा थापाउँछौ।
~~
म यो समीक्षा कमिक को चित्रकला को बारेमा व्यक्त गरेर सुरु गर्न चाहन्छु। कथा एवं चित्रकार कोहिनाता मारुकोले यसमा धेरै राम्रो काम गरेका छन्। उहाँले सबै पात्र का डिजाइन उत्कृष्ट तरिकामा कोरेका छन्। मलाई सबै भन्दा राम्रो कुरा चाहिँ कोमात्सुबारा को मुस्कान हेर्नमा रोजाउँछ। हारु को बोल्ने तरिका, उनको आँखा, ग्राहक को कपाल काटी रहेको उनको हात, र उनका बन जस्तो बाँधेको कपाल हेर्न मलाई साह्रै बेग्लै लाग्छ। पात्रहरु का साथै कोहिनाताले पृष्टभूमिमा पनि राम्रो काम गरेका छन्। उहाँले बनाइएको सैलुन हेर्नमा सुकुन आउँछ।
अब म यस कमिक को कथा को बारेमा भन्न चाहन्छु। यस कथाका मौलिक लेखक साकुराई मीना हुन। कोहिनाताले साकुराई को कथा लिएर यस कमिकलाई आफ्नै ढंग ले कोरिएका छन्।
कथा को कुरा गरे भने, मैले यहाँ धेरै कुरा सिक्न पाए। मलाई थाहा छ कि एक महिला को लागि आफ्नो कपाल धेरै प्रिय हुन्छ, तर मलाई यो थाहा थिएन कि कपाल कटाउनु को अर्थ आफ्नो जीवनमा अगाडि बढ्नु वा एक नयाँ भविष्य को लागि तैयार हुनु पनि हो। यदि कुनै महिलाले आफ्नो कपाल कटाउन चाहन्छन् भने कुनै ठूलो कारणले मात्र हुन सक्छ।
~~
यस कमिकमा जनाएको छ कि एक महिला को कपाल हरेक महिना १ सेमी ले बढ्छ। मैले यो कुरा सत्य को की होइन् भनेर गूगल गरे अनि थापाए कि यो सत्य हो। यस कारणले मैले एउटा नयाँ कुरा सिक्न पाए। यदि मलाई कुनै महिलाले कपाल को बारेमा सोध्यो भने, म यो कुरा साझा गर्न सक्छु।
यस कमिक मा ५ ओटा कुल अध्याय छन्। हरेक अध्यायमा एक नयाँ पात्र ग्राहक को रूपमा आउँछन् अनि आफ्नो व्यक्तिगत कथा भन्छन। ती पात्रहरू मध्ये मलाई पहिलो अध्यायमा भएकी आसाहिरा को कथा राम्रो लाग्यो। उनको जीवनमा दुःख भए पनि उनी आफ्नो काम मा पूरा ध्यान दिन्छन् र आत्मनिर्भर हुन प्रयास गर्छन।
मलाई धेरै दुःख छ कि यो कमिक एक खण्ड सम्म मात्र सीमित छ। हरेक महिला को आफ्नै विगत को कुरा जान्नमा निकै प्रेरणादायक थियो। तर एक खण्डमा सीमित हुनु पनि एक किसिम ले ठीक छ।
पात्रहरू को कथा अलि छोटो हुनु को कारणले मलाई अलि मन भरेन, तर पढ्नमा रमाइलो लाग्यो। म यस कमीकलाई ७/१० को मूल्यांकन गर्दछु र यो कमिक सबै जनालाई सिफारिश गर्दछु।
यदि तपाईंले यो कमिक पढ्नु भयो भने तपाईलाई सारै रमाइलो लाग्नेछ।
~~
